रंगेली । रंगेलीमा निर्वाचन जित्ने अवस्था नभएपछि नेपाली काँग्रेस प्रोपोगाण्डामा उत्रिएको नेकपा (एमाले) ले आरोप लगाएको छ ।
एमालेले शनिबार रंगेलीमा पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार दिलिप बगडियाको लोकप्रियताका कारण निर्वाचन जित्ने अवस्था नरहेपछि काँग्रेसका कार्यकर्ताहरू प्रोपोगाण्डामा उत्रिएको आरोप लगाएको हो ।
शुक्रबार राति रंगेली–८ स्थित चाइनागेट टोलमा एमालेका उम्मेदारको तर्फबाट मतदातालाई पैसा बाँड्न आएको झुटो आरोप लगाउँदै काँग्रेस कार्यकर्ताले हो हल्ला गरेका थिए ।
नेपाली काँग्रेसका कार्यकर्ता हेम थापाले कानुन विपरीत सूचना विभाग र प्रेस काउन्सीलमा दर्ता समेत नरहेको रंगेली न्यूज नामक फेकबुक पेजबाट लाइभ गर्दै मतदातालाई पैसा बाँडेको भन्दै भ्रम फैल्याउन खोजेका थिए ।
थापासहित काँग्रेस कार्यकर्ताहरूको समुहले एमाले कार्यकर्ताको नाटकीय ढङगले गाडीमा आफै झण्डा राखिदिएर सोही गाडीको भिडयो देखाउँदै पैसा बाँडेको झुटो अफवाह फैल्याएको एमाले रंगेली नगर कमिटीका अध्यक्ष दलबहादुर बस्नेतले पत्रकार सम्मेलनमा बताए । ‘हाम्रो कार्यकर्ताको घरभित्र बसेर छलफल गरिरहेको समयमा काँग्रेसका कार्यकर्ताले आफै मोटरसाइकलमा झण्डा राखेर नाटकीय ढंगले यो गाडी पैसा बाँड्न आएको हो भन्दै फेसबुक लाइभ गर्दै सुनियोजित रुपमा होहल्ला गरे ।’ उनले भने,‘हाम्रो कार्यकर्ता गाडीमा झण्डाबिनै निर्वाचनमा एजेन्ट परिचालनको विषयमा छलफल गर्न जानुभएको थियो । काँग्रेस कार्यकर्ताले आफंै मोटरसाइकलको भाइजरमा झण्डा राख्दै गरेको भिडियोनै छ ।’
उनले मेयरका उम्मेदवार बगडीयाले पाँचवर्षमा गरेको काम जनताले अनुभूति गरिसकेकाले एमाले जीत नजिक पुगसकेकाले विपक्षी काँग्रेस प्रोपोगाण्डामा उत्रिएको दावी गरे । ‘त्यहाँ प्रहरी प्रशासनको उपस्थिति थियो । पैसा बाँडेका भए पैसा देखिनुपर्ने थियो । पैसा फेला पथ्र्यो होला ।’ उनले भने,‘कसैको मोटरसाइकल देखाएर यो गाडी पैसा बाँड्न आएको हो भन्दै लाइभ गर्छ भने पैसा बाँडेको पुष्टि हुन्छ र ? कानुन विपरीत भ्रम फैल्याउनेलाई कडा कारबाही हुनुपर्छ ।’
काँग्रेस कार्यकर्ताले प्रापोषण्डाकै लागि निर्वाचन आचारसंहिता र कानुन विपरीत सञ्चालनमा ल्याएको रंगेली न्यूज नामक फेसबुक पेज मार्फत एमालेको झण्डा रहेको मोटरसाइकल देखाएर पौसा बाँडेको भन्दै होहल्ला मच्चाएका थिए ।
पाँच वर्षमा गरेको कामले रंगेलीमा बगडिया निकै लोकप्रिय भएकाले काँग्रेस कार्यकर्ता भ्रम फैल्याउने काममा लागेको एमाले प्रदेश १ कमिटीका सदस्य मनोज अग्रवालले पत्रकार सम्मेलनमा बताए ।
नेपाली काँग्रेसका कार्यकर्ताहरूले सुनियोजित रुपमा भ्रम फैल्याउने प्रयास गरेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडीयोमा काँग्रेसकै कार्यकर्ताहरूले एमालेको झण्डा राखेर भ्रम फैल्याएको क्लिप प्राप्त भएको छ ।