केराबारी । मोरङको केराबारीमा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सन्दर्भको प्रचार अभियानमा नेकपा एमाले अग्रस्थानमा रहेको छ ।
पार्टीले सक्रिय युवा उम्मेदवार प्रस्तुत गरेका कारण पनि चुनावी माहोल एमाले पक्षमा देखिएको हो । गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा सुमन मिरिङ्गचिङ्ग र उपाध्यक्षमा मनमाया मगरलाई उम्मेद्वार बनाएको छ । अहिले नेकपा एमालेको सिङ्गो टिम चुनावी प्रचार अभियानमा सक्रियतापूर्वक जुटेको छ ।
हरेक दिन मतदाताको घरदैलोमा पुगेर एमालेले भोट माग्दै जनता समक्ष आफ्ना एजेण्डाहरू राखिरहेको छ । अनि एमालेलाई मतदान गर्नुपर्ने कारण मतदातालाई सम्झाइरहेको छ ।
यसैबीच केराबारीको बिद्युतको समस्या बिकराल रुपमा रहेको छ । पानी पर्ने तरखर गर्ने बित्तिकै बिजुली झ्याप्प झ्याप्प जाने गरेको केराबारीबासी बिद्युत आपूर्तिको समस्या समाधानलाई एमालेले आफ्नो कार्ययोजनाको प्राथमिकतामा नै राखेको छ । केराबारीमा नेकपा एमाले निर्वाचित भए बिद्युत प्राधिकरणसँग समन्वय गरेर हावा चल्दा, पानी पर्दा बिद्युत अवरुद्व हुने समस्या समाधानको लागि ट्रान्सफर्मरहरूको अपग्रेड गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तै खोर्साने–केराबारी सडकखण्डको बिद्युत लाईन भुमिगत गर्ने, बजारका मुख्य सडकभित्र पर्ने पोललाई ब्यवस्थापन गर्ने एमालेले प्रतिबद्दता जनाएको छ ।
एक घर–एक सोलार अभियान सञ्चालन गरी सौर्य उर्जाको प्रयोगलाई प्राथमिकता दिइने नेकपाएमाले केराबारीका उम्मेदवारहरूको प्रतिबद्धता छ ।
निम्न आय भएका केराबारीका प्रत्येक परिवारलाई विद्युत जडानको निम्ति उज्यालो केराबारी कोष खडा गरिने भएको छ ।
उज्यालो केराबारी अभियान अन्तर्गत केराबारीमा मानिसको बसोबास भएका हरेक ठाउँमा बिद्युत बिस्तार गरिने एमालेको प्रतिबद्धता भित्र परेको छ ।
त्यसैगरी केराबारीका सामुदायिक बिद्यालयका अध्ययनत न्यून
आय भएका बिद्यार्थीलाई उज्यालो छात्रवृत्ति अन्तर्गत सोलार बत्ती प्रदान उम्मेदवारहरूको योजना रहेको छ ।
यस्तै जलबिद्युत, सौर्य उर्जा, वायु उर्जा तथा नविकरणीय उर्जाको क्षेत्रमा गरिने अध्ययन अनुसन्धानलाई प्राथमिकता दिइने एमाले केराबारी जनाएको छ ।
यस पटकको निर्वाचन जितेपछि केराबारीका सवै वडाका मुख्य चोकहरूमा सोलार सडक बत्तिलाई व्यवस्थित गरिने सोलार लाईट नराखेका प्रत्येक चौकमा सोलार बत्ति राखिने नेकपा एमालेका उम्मेदवारहरूले प्रतिवद्धता प्रकट गरेका छन् ।