काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यक्तिगत रुपमा सकारात्मक रहेकाे प्रतिक्रिया दिएका छन्।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले सकारात्मक भएकाे बताएका हुन्।
‘म व्यक्तिगत रुपमा प्रचण्डीजीप्रति सकारात्मक छु, अब विश्वासकाे मत दिने वा नदिने कुरामा पार्टीमा सल्लाह हाेला। त्यही हिसाबले अगाडि बढ्छाैँ,’ नेता नेपालले भने।
१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने तय भएको छ।