विराटनगर । नेकपा एमाले विराटनगरले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी घरदैलो कार्यक्रम समापनसँगै शनिवार हुने महानगरस्तीय वृहत चुनावी भेलाको तयारी शुरु गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने भेलामा सहभागी हुन १९ वटै वडाका नेता कार्यकर्ता र उमेदवारहरूलाई आह्वान गरिएको निर्वाचन परिचालन कमिटी विराटनगरका संयोजक विनोद ढकालले जानकारी दिनुभयो ।
स्थानीय जैन तेरापन्थ भवनमा अपरान्ह २ बजे आयोजना हुने चुनावी भेलामा पाँचहजार बढीको सहभागिता हुने अपेक्षाका साथ प्रचारप्रसार सहित आवश्यक व्यवस्थापन गरिएको उहाँको भनाई छ ।
शुक्रवार विहान वडा नं. ६ को अन्तिम घरदैलो कार्यक्रममा मेयर र उपमेयरका उमेदवाहरू क्रमशः सागर थापा र शिल्पा कार्की सहित पार्टीका नेता कार्यकर्ताको वृहत सहभागिता रहेको सहभागी पत्रकार इन्दिरा भट्टराईले जानकारी दिनुभयो ।
यस अघि पार्टीका केन्द्रियस्तरका नेताहरू लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, रामलाल साह लगायत प्रदेश तथा जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोखरे, उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडा लगायत अन्य सदस्यहरूको पनि घरदैलोमा सक्रिय सहभागिता रहेको थियो ।
विराटनगरमा मात्र होइन, मोरङ जिल्लाका १७ वटै पालिका र १५९ वटै वडामा घरदैलो कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको एमालेले जनाएको छ । अन्य पालिकाहरूमा पनि जनताको व्यापक समर्थन रहेको दावी गरिएको छ ।
घरदैलो कार्यक्रमको बिटमार्दै एमालेले शुरु गरेको मतदाता शिक्षा कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन भएको जनाइएको छ । पार्टी महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार निर्वाचन परिचालन कमिटीका सदस्यहरू, स्थानीय नेता कार्यकर्ता र उमेदवार स्वयं मतदाता शिक्षा कार्यक्रममा सहभागी भई नमूना मतपत्रमार्फत मतदान गर्ने विषयमा मतदातालाई जानकारी गाराउने काम भइरहेको छ ।
नेकपा एमाले एमालेले विराटनगरमा चुनाव जित्ने स्थापित आधारहरू
यसपटकको स्थानीय तह निर्वाचनमार्फत नेकपा एमालेले विराटनगर महानगरपालिकाको नेतृत्व लिने एमाले पार्टीको दावी रहेको छ । पार्टीका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज समेत रहनुभएका संयोजक ढकालका अनुसार विराटनगरका १९ वटै वडामा नेकपा एमालेका पक्षमा चुनावी माहोल तयार भएको छ ।
घरदैलो कार्यक्रम मार्फत चुनावी प्रचार अभियानका क्रममा महानगरवासीले दर्शाएको सद्भाव, उत्साहपूर्ण सहभागिता र अपेक्षाले एमालेप्रतिको वढ्दो आकर्षण निर्वाचन जित्ने आधार भएको संयोजक ढकालको भनाई छ ।
राष्ट्रिय राजनीतिमा नेकपा एमालेले खेलेको भूमिका र गरेका प्रभावकारी कामहरूको प्रभावले एमालेप्रति देशव्यापी आकर्षण बृद्धि भएसँगै एमालेले विराटनगरमा निर्वाचन जित्ने आधार निर्माण भएको दावी गरिएको छ ।
विगत पाँचवर्षमा प्रतिपक्षको रुपमा एमालेले निर्वाह गरेको भूमिका र नगरको समग्र विकासका सन्दर्भमा अघि सारेका नीति कार्यक्रम र कार्ययोजनाहरूले पनि एमालेले विराटनगरमा निर्वाचन जित्ने सहज वातावरण बनेको संयोजक ढकालको दावी छ ।
‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय मान्यतालाई आत्मसात गर्दै ‘सुशासन–विकास र गुणस्तीय भौतिक पूर्वाधार, सुविधा सम्पन्न र न्यासहितको समृद्ध महानगर’ भन्ने मूल नाराका साथ एमालेले विराटनगर बनाउने खाका सहितको प्रतिवद्धता सार्वजनिक गरेको छ । त्यसप्रति जनताले समर्थन र विश्वास गरेको हुँदा जनताका विश्वासलाई साकार बनाउन एमाले प्रतिवद्ध रहनु चुनाव जित्ने अर्काे आधार भएको उहाँको बुझाई छ ।
एमाले विराटनगरले उठाएका उमेदवारहरू राजनीतिक एवं सामाजिक सेवाका क्षेत्रमा लामो समय क्रियाशील, योग्य शिक्षित, निष्ठा र इमानको राजनीतिप्रति प्रतिवद्ध युवा हुनु पनि एमालेले विराटनगरमा चुनाव जित्ने आधार मानेको छ
एमालेले आफ्ना जनप्रतिनिधिहरू ‘शासक होइन, जनताका सेवक, सामाजिक जागरण र विकासका अभियान्ता साथै सदाचारी’ हुनेछन् भनी प्रशिक्षित र सचेत गराएको छ । चुनाव जितेपछि एमालेको नेतृत्वमा रहने पालिकाहरू नमूना बन्ने एमालेको दावी छ । एमालेका जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार गर्ने छैनन् र भ्रष्टाचार नियन्त्रणका अभियान्ता बन्नेछन् भन्ने निर्देश गरेकोले पनि एमाले उमेदवारहरूलाई चुनाव जित्ने अर्काे आधार बनेको छ ।
अन्य आधारहरू
महानगरको न्यूनतम मापदण्डसम्म स्थापित हुन नसकी देशकै दोस्रो स्थानको पहिचान गुमाएर पाँचांै–छैठौं स्थानमा पुगेकों विराटनरको विरासतलाई पुनस्र्थापित गर्ने प्रतिवद्धताका साथ एमालेले नयाँ कार्ययोजना ल्याउनु एमालेले विराटनगरमा चुनाव जित्ने आधार स्थापित भएको मानिएको छ ।
नेकपा एमालेले विराटनगरको वस्तुस्थितिलाई विश्लेषण तथा समस्या पहिचान गरी समुन्नत विराटनगर बनाउने प्रष्ट खाका सार्वजनिक गरेको हुँदा त्यसमा जनताले विश्वास गरी एमालेलाई विजयी गराउने पार्टीको अर्काे अपेक्षा छ ।
एमालेले आफ्नो चुनावी घोषणमा एकीकृत कार्यमूलक योजना तर्जुमा गरी नगरको सम्पूर्ण भौलिक क्षेत्रलाई आर्थिक, व्यापारिक, आवास सेवा, कृषि तथा हरित क्षेत्र निर्धारण गरी विगतको आफ्नो कार्यकालमा गरेको कामलाई पुनस्र्थापित गर्ने प्रतिवद्धता प्रकट गरेको छ ।
२०५४ सालको निर्वाचनमार्फत महानगरको नेतृत्व सम्हालेपछि भएको समृद्धिका अन्य आधारहरू जस्तै ढल निकासको गुरु योजना र चरणवद्ध निर्माण कार्य, सडक तथा भवन निर्माण मापदण्ड निर्धाण, नगर यातायात सञ्चालन गर्न बस टर्मिनलका लागि जग्गा खरिद, रिङ्रोडको रेखाङ्कन, विशेष आर्थिक क्षेत्र निर्माण जस्ता नगरवासीहरूको वृहत्तर हित कार्ययोजनाको निरन्तरता दिने प्रतिवद्धता ।
एमालेले विराटनगरका महत्वपूर्ण विकास अभियानहरू सर्वदलीय सहमतिमा दिगो विकासको अवधारणा अनुरुप तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाए सम्पन्न गर्ने प्रवितद्धता जाहेर गरेको छ ।
वृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्ट सिटी बनाउने घोषणा गरिएको छ ।
गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गरी न्याय समानता सहितको समृद्ध महनगर निर्माणको योजना एमालेले बनाएको छ ।
उपलव्ध स्रोत साधन र अवसरको उच्चतम सदुपयोग सुशासनयुक्त विकास कार्यक्रम अगाडि ल्याउने भएको छ । त्यसैगरी प्रदेश १ को राजधानी शहर विराटनगरमा प्रदेश सरकार र प्रदेश सभाका स्थायी भौतिक संरचना निर्माण गर्न आवश्यक पहल र सहजिकरण गर्ने बताएको छ ।
महानगरको सर्वाङ्णि विकासका लागि एक स्वायत्त महानगर योजना आयोग बनाई त्यस अन्तर्गत नगरवासीको पहुँच स्थापित हुने गरी ‘योजना बैंक’ सञ्चालन गर्ने एमालेको योजना रहेको छ । यी र यस्ता अनेकन रचनात्मक क्रियाकलापहरू सम्पन्न गरी सुन्दर, हराभरा र समुन्नत विराटनगर निर्माणको नेतृत्वदायी भूमिकामा पु¥याउन एमालेलाई जिताउनुपर्ने सो पार्टीको अपेक्षा रहेको छ ।
पञ्चायत कालदेखि नै एमालेको प्रभावक्षेत्र रहेको विराटनगरमा २०४३ सालमा तत्कालीन जनपक्षीय उमेदवार विजयी गराएको हालको एमालेले २०५४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरमा मेयर उपमेयर सहित अधिकाँश वडाहरू जितेको थियो ।