इटहरी । इटहरीमा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार याम सुब्बाले आफनो पहिलो प्राथमिकता बाढी, कटान र डुवान नियन्त्रण हुने बताउनुभएको छ ।
पानी पर्ने बित्तिकै इटहरीमा डुवानको समस्या हुने भएकाले यसको दीर्घकालिन समाधानका लागि सम्वद्ध सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेर आवश्यक सवै कदम चालिने वताउनुभयो । उहाँले भन्नुभयो “म आफैपनि बाढी पीडित हुँ,घरमा बाढी पस्दा हुने समस्या तपार्इंले जस्तै भोगेको छु,त् यसैले यो समस्या समाधानका लागि लागि पर्ने छु ।” नगरवासी र विज्ञहरुको सल्लाह बमोजिमनै आफू अघि बढने उहाँको प्रतिवद्धता छ । उहाँले इटहरीका सबै खोलानालाहरूको गुरुयोजनाबनाई पानीनिकासको व्यवस्था गरिने बताउनुभयो । ट्याँग्राखोला डाइभर्सजन सहित वजार क्षेत्रको ढल निकास समस्या समाधान हुनेमा ढुक्क हुन पनि उहाँले नगरवासीमा आग्रह गर्नुभएको छ ।