Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा उमेश र नमिताले पाए, पाए एउटै चुनाव चिह्न



विराटनगर । फरक फरक पार्टी छाडेर विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका उमेश यादव र नमिता न्यौपानेले एउटै चुनाव चिह्न पाएका छन् ।
सत्तारुढ गठबन्धनप्रति असन्तुष्ट हुदै माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव रहेकी न्यौपानेले उपमेयर र जनता समाजवादी पार्टी छाडेर यादवले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका दिए । गठबन्धनमा आवद्ध दलका नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेका यादव र न्यौपानेले एउटै चुनाव चिह्न लालटिन पाएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल हुँदा मेयरमा यादव र उपमेयरमा न्यौपाने उम्मेदवार बनेका थिए । त्यसबेला विराटनगरको मेयरमा नेपाली काङ्ग्रेसबाट भीम पराजुली र उपेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए ।
पाँच वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा उमेश र नमिता पुन एउटै चुनाव चिह्न लिएर मैदानमा आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार