उदयपुर । उदयपुरको रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
रौतामाई गाउँपालिका १ मा नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेकी फूलमाया विक दियाली निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले जानकारी दिए ।
त्यस्तै लिम्चुङबुङ गाउँपालिका वडा नं.१ मा गठबन्धनतर्फकी दलित महिला सदस्य पदकी उम्मेदवार देवकुमारी कामी निर्वाचित भएको निर्वाचन अधिकृत तुलराज सुनुवारले जानकारी दिए । उनी नेकपा माओवादी केन्द्रकी हुन् ।