Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम सम्पन्न



विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा आयोजित “स्थानीय व्यवसाय विकास परामर्शदाताहरूको क्षमता विकास तालिम कार्यक्रम” सम्पन्न भएको छ। तालिममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका ३० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

साना तथा मझौला उद्योगको प्रवर्धनमा आयोजित  तालिममा व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना निर्माण, लोन आवेदन प्रक्रिया, सञ्चार समन्वय, इथिकल स्ट्यान्डर्ड, लैङ्गिक तथा सामाजिक समावेशिता, तथ्याङ्क संकलन तथा परिणाम मापन जस्ता विषय समेटिएका थिए।

समापन समारोहमा कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलाले तालिमले साना उद्यमीहरूलाई व्यवसाय विस्तारका लागि परामर्श दिन सहज हुने बताए । खोटाङ उद्योग वाणिज्य संघका प्रतिनिधि मदनबहादुर तामाङले तालिमबाट व्यावसायिक योजना बनाउन सिकेको अनुभव सुनाउदै तालिम फलदायी रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै महासंघ साना तथा मझौला उद्यमीहरूको व्यवसाय प्रवर्धनमा क्रियाशील रहेको बताए । उनले महासंघले निकट भविष्यमा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको जानकारीसमेत दिए ।

उदय परियोजनाका व्यवसाय विकास सेवाका बिडिएस लिड विष्णु काफ्लेले तालिमले कोशी प्रदेशमा व्यवसाय प्रवर्धनमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे।

महासंघ कोशी प्रदेश कार्यालयका कार्यकारी निर्देशक राधारमण भण्डारी ९श्याम० ले तालिममा ३० जना सहभागी रहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार