Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पीएन क्यम्पसमा अनेरास्ववियुको जित



कास्की । देशकै ठुलो मध्येको एक क्याम्पस पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् । सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी भए ।

९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने भनिएको पीएन क्याम्पसमा विद्यार्थी परिचय पत्र भने ७ हजार ४ सय जनाले लगेका थिए । त्यसमा जम्मा २ हजार ८९७ मत खसेको थियो । परिचय पत्र लैजाने विद्यार्थीको संख्यामध्ये जम्मा ३९।१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार