विराटनगर । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ५५ रनले पराजित गरेको छ। भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाउँदै २६६ रन जोड्यो । शुभ कंसाकरले ७७ तथा आशुतोष घिरैयाले ५८ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले २/२ विकेट लिए।
२६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २११ रनमै अलआउट भयो। टेक रावतले सर्वाधिक ४५ रन बनाए भने बागमतीका रिजन ढकाल र सोनु देवकोटाले ४/४ विकेट लिए। बागमतीले तेस्रो खेलमा पहिलो जित दर्ता गर्दा सुदूरपश्चिमले चार खेलमा तेस्रो हार व्यहोरेको छ।