Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हिसान कोशी प्रदेश अन्तर कलेज क्रिकेटको उपाधि अरनिकोलाई



विराटनगर । हिसान कोशीको आयोजनामा तथा हिसान मोरङको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ।

बुधबार भएको फाइनल खेलमा अरनिको कलेजले विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गर्दै उपाधि उचालेको हो। यसअघि, माघ १५ गते विराटनगरमा सम्पन्न मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा पनि अरनिकोले ग्रिनल्याण्डलाई नै पराजित गर्दै उपाधि जितेको थियो।

फाइनल खेलको समीक्षाः

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अरनिको कलेजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो।

सर्वाधिक रन: सोनु साह – ४४ रन

अन्य मुख्य योगदान: नुमिर अहमद – ३६ रन, सौरभ झा – २३ रन

ग्रिनल्याण्डका बलरहरू: गणेश यादव – ३ विकेट, सुनिल यादव – २ विकेट, गौरीशंकर यादव – २ विकेट

१४४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको ग्रिनल्याण्ड कलेज १८.४ ओभरमा मात्र ७९ रनमै समेटियो।

ग्रिनल्याण्डका उच्च स्कोरर: हेमन्त मेहता – १८ रन, सुनिल यादव – १३ रन

अरनिकोका बलरहरू: रामनारायण यादव – ३ विकेट, अमर यादव – ३ विकेट

व्यक्तिगत उत्कृष्टताः

फाइनल खेलको सर्वश्रेष्ठ खेलाडी (Player of the Final): नुमिर अहमद (अरनिको कलेज)

टुर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी (Player of the Tournament): गणेश यादव (ग्रिनल्याण्ड कलेज)

उत्कृष्ट ब्याटर: रुद्रप्रताप साह (अरनिको कलेज)

उत्कृष्ट बलर: अमर यादव (अरनिको कलेज)

फागुन २६ गतेदेखि सुरू भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरी ६ टिम सहभागी थिए। विजयी टिम र खेलाडीहरूलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खड्का, हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्तलगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार