विराटनगर : विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम भएका छन । लिम्बू ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम भए ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद महोत्सव मूलसमारोह समितिका अध्यक्ष पाँचकर्ण राईले प्रतियोगिताको उद्धघाट्न गरेका थिए । सडक दौडमा पाँचथरका ओसन राईले १५ मिनेट ४७ पूरा गर्दै दोस्रो बने । ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकन्डमा रेस पूरा गर्दै तेस्रो बन्न सफल भए।
त्यस्तै , ५ किलोमिटरको महिला सडक दौडमा खोटाङकी दीपा बस्नेतले १९ मिनेट ४० सेकन्डमा पूरा गर्दै प्रथम भईन । २० मिनेट १३ सेकन्डमा पूरा गर्दै पाँचथरकी पुष्पा लिम्बू दोस्रो बनिन् ।
२० मिनेट ३२ सेकन्डमा दौड पूरा गर्दै संखुवासभाकी सुनकला राईले तेश्रो स्थान प्राप्त गरेको महोत्सवको एथलेटिक्स प्रतियोगिता संयोजक थलु राजभण्डारीले बताइन।