Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बंगलादेशका फेरी भड्कियो हिंसात्मक आन्दोलन, शेख हसिनाका बुबाको घरमा आगजनी



बंगलादेशमा हालै हिंसात्मक घटना फेरि भड्किएको छ। बुधबार राति प्रदर्शनकारीहरूले ढाकास्थित बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानको धानमण्डी ३२ निवासमा आक्रमण गरेका छन् । प्रदर्शनकारीले रहमानको घरमा आगजनी र तोडफोड गरे ।

यस क्रममा प्रदर्शनकारीहरूले शेख हसिनाविरुद्ध नाराबाजी गरे । उनका पिता शेख मुजीबुर रहमानको घरलाई निशाना बनाए।

यो हमला त्यही बेला भएको थियो जब पूर्व प्रधानमन्त्री शेख हसिना अनलाइन कार्यक्रममार्फत आफ्ना समर्थकलाई सम्बोधन गर्न लागिपरिरहेकी थिइन्। उनले घटनापछि प्रतिक्रिया दिँदै भनिन् कि यो हमला उनको हत्या गर्न योजनाबद्ध षड्यन्त्रको हिस्सा हो।

उनले थप भनिन्, यदि म यस्ता हमलाहरूका बाबजुद पनि जीवित छु भने यसको अर्थ मेरो जीवन कुनै विशेष उद्देश्यका लागि हो। शेख हसिनाका विपक्षीहरूले आरोप लगाएका छन् कि उनी भारत बसेर बंगलादेशविरुद्ध गतिविधि सञ्चालन गरिरहेकी छिन्।

गत वर्ष विद्यार्थीहरूको हिंसात्मक प्रदर्शनपछि शेख हसिनालाई देश छोड्न बाध्य पारिएको थियो, र उनी गत अगस्त ५ मा भारत पुगेकी थिइन्।
अखबारका अनुसार राति साढे नौ बजे यो भवनमा आगो लगाइयो। अनि मध्यरात अघि केही बेरमा त्यहाँ क्रेन र खनन गर्ने मेसिन ल्याइयो। त्यसपछि राति दुई बजेतिर भवनको एक भाग भत्काइयो।

प्रतिक्रिया
सम्बन्धित समाचार