विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेको गठबन्धन सरकारले जनताको पक्षमा काम गर्नेहरुमाथि जालझेल र षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
मोरङको ग्रामथानमा आयोजित बधाई तथा खबरदारी सभामा अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको बताए ।
सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै उनले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन, बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गरे ।