Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुकुलको पक्षमा लागेका रास्वपा कोशी सभापति तिम्सिना निलम्बित



विराटनगर  ।  डा. मुकुल ढकालाई पुरानै जिम्मेवारी फर्काउनु पर्ने माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई जिम्मेबारीबाट निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगले उनलाई जिम्मेवारीबाट निलम्बन गरेको हो ।

तिम्सिनाले निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यबहाक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए । पत्र लेखेको र पार्टीको काममा सक्रिय नभएको भन्दै जिम्मेवारीबाट हटाएको हो ।

गत १७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।

पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले उनीमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार