Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यू १९ महिला विश्वकप खेल्ने टोलीलाई बिदाई



विराटनगर । यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने टोलीलाई आज बिदाई गरिएको छ । विदाई कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले क्षमताअनुसारको खेल देखाउन आग्रह गरे । सचिव खड्काले विश्वकपमा हुने गतिविधिले नेपाली क्रिकेटको पहिचान झल्काउने बताए ।

सचिव खड्काले क्रिकेट संघको तर्फबाट धेरै प्रेसर नभएको उल्लेख गरे । यो प्रतियोगितामा खेलाडीहरुलाई संघले कुनै दवाव नदिएको भन्दै पहिलो पटक खेल्न लागेको भन्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । यो प्रतियोगिताले आगामी दिनमा नेपाली क्रिकेटलाई अझै बलियो बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

सन् २०२७ मा सहआयोजक भएर विश्वकप आयोजना गर्ने भन्दै उनले यो प्रतियोगिता नेपाली महिला क्रिकेटका लागी महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार