CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
काठमाडौं । आज (बुधबार) ६ अंक बढीले सेयर बजार परिसूचक बढ्दा कारोबार रकम पनि बढेको छ ।
हिजोको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढ्दा परिसूचक २६५३ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भयो ।
१३९ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ८ को स्थिर रह्यो । आज पनि फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सबैभन्दा धेरै ४.७७ र विकास बैंक २.५३ र माइक्रोफाइनान्स १.५९ प्रतिशत बढ्यो ।
समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.८, सप्तकोशी विकास बैंकको ९.७ प्रतिशतले मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा न्यादी हाइड्रोपावर, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।