Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

घट्यो सुनको मूल्य



विराटनगर । सुनको मूल्यमा आज ठुलो गिरावट आएको छ । आज सुनको भाउ एकैदिन एक हजार सात सय रुपैयाँले घटेको हो ।

सुनको भाउ एक हजार सात सयले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार सात सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चार दिनदेखि स्थिर रहेको चाँदीको भाउ आज ५५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार