काठमाडौं । काठमाडौं महानगरपालिकाका पहिलो मेयर तथा पूर्वमन्त्री पीएल (प्रेमलाल) सिंहको निधन भएको छ ।
पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको आज निधन भएको पारिवारि स्रोतले जनाएको छ । २०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर हुन् । पूर्वमेयर सिंह गणेशमान सिंहका धर्मपुत्र हुन् ।