विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेप नियुक्त भएका छन् ।
संखुवासभा १ (२) बाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य लिङ्थेपलाई नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज सचेतकमा नियुक्त गरेका हुन् ।
सचेतक लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाको नगरपालिकाको मेयर थिए । विद्यार्थी राजनीतिबाट उनी सक्रिय राजनीतिमा आएका हुन् । प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको प्रमुख सचेतक पद खाली भएको थियो ।