Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने तुलसीरामको प्रतिबद्धता



विराटनगर । मोरङको ग्रामथानमा हुन लागेको उपचुनावमा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार रहेका तुलसीराम विश्वासले नियमित विकास निर्माणसँगै कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने बताउनुभएको छ ।

ग्रामथानमा मतदाताहरुको घरदैलोमा रहनु भएका विश्वासले किसानको छोरा भएका कारणपनि यहाँको कृषकहरुको समस्याका विषयमा जानकार रहेको भन्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाएमात्रै ग्रामथानको विकास हुने भन्दै यसमा गाउँपालिकाले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

मंसिर १६ मा अध्यक्ष पदमा हुन लागेको उपचुनावका लागि नेकपा एमालेले प्रचार प्रसार र घरदैलो अभियानलाई तीव्रता दिएको छ । एमालेका केन्द्रीय नेताहरुसहितको टोली दैनिक घरदैलो अभियानमा रहेको नेकपा एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार