Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्वकपमा छनोट भएर फर्किएको टोलीलाई भव्य स्वागत



काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएर स्वदेश फर्किएको नेपाली यू–१९ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । बिहिवार साझ स्वदेश फर्किएको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कप खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार