काठमडाौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।
नेपाली कांग्रेसकी समानुपातिक सांसद गौचनको उपचारको लागि अस्पताल पुर्याउनसाथ चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
उहाँको स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराती उपचारका लागि ग्राण्डी हस्पिटलमा लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
डेंगु संक्रमित गौचनको हृदयघातका कारण निधन भएको अनुमान छ ।