विराटनगर । आईसीसी यू१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा आज दुई अपराजित टिम नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बिच खेल हुँदै छ ।
खेल यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा नेपाली समयानुसार बिहान ११ १५ मा सुरु हुने छ । नेपाल र घरेलु टोली यूएई दुवै टोली लगातार तेस्रो जितको लक्ष्य सहित मैदानमा उत्रिने छन् ।
जारी छनोट प्रतियोगितामा नेपाल र यूएई मात्र अपराजित छन् । आजको खेलमा यूएईलाई हराए नेपाल अंकतालिकाको शीर्ष स्थानमा पुग्ने छ । दुबै टोलीले लगातार २ २ खेल जितेर ४ अंक बनाएको भएपनि रनरेटको आधारमा यूएई पहिलो र नेपाल दोस्रो स्थानमा छन्।