Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अमेरिकामा आज राष्ट्रपतिको चुनाव हुँदै



काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज हुने मतदानमा कडा टक्कर हुने अपेक्षा रहेको छ ।

पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ ।

आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार अन्तिम चुनावी अभियान चलाएका थिए । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए ।

ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि भन्दै मत मागिरहेका छन् भने ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयास गरिरहेकी छन् । केही सर्वेक्षणहरुले यस पटक कमला ह्यारिसले चुनाब जित्ने देखाएका छन् ।

अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो । र, दुवै जनाले यसबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार