Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

करण र भीमले आज हुने खेल खेल्न नपाउने



काठमाडौं । नेपाली टिमका प्रमुख फास्ट बलर करण केसीसहित भीम सार्कीले आज हुने स्कटल्यान्डविरुद्ध म्याच खेल्न नपाउने भएका छन् । करणलाई अमेरिकासँगको अघिल्लो खेलमा चोट लागेको थियो । आज नेपालले अमेरिका भ्रमणको क्रममा अन्तिम खेल खेल्दै छ ।

क्यानका अनुसार करणसँगै ब्याट्सम्यान भीम सार्की पनि चोटका कारण स्क्वाडबाट बाहिरिएका छन् । करण र भीमको स्थानमा देव खनाल र सागर ढकाललाई समावेश गरिएको छ । उनीहरु दुवै रिजर्भ खेलाडीको रुपमा थिए ।

करणले अमेरिकासँगको खेलमा १.४ ओभरमा मात्रै बलिङ गर्न सकेका थिए । त्यसपछि उनी मैदानबाटै बाहिरिनु परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार