Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनको मुल्यमा नयाँ कीर्तिमान



काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो हुँदै आज नयाँ कीर्तिमान बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

हिजो प्रतितोला २२ सयले बढेर भई एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा आज प्रतितोला तीन सयले वृद्धि भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । हिजो प्रतितोला २ हजार एक सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि २ हजार ९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार