Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइन खेल आज : नेपाल र भारतकाे खेल साढे ६ बजे



काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलमा नेपाल र भारत आमनेसामने हुँदै छन् । आज हुने दोश्रो सेमिफाइनल खेलमा भारत र नेपालबीच प्रतिस्पर्धा हुने छ । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच हुने छ । यो खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो सेमिफाइनलमा साढे ६ बजे घरेलु टोली नेपालले सर्वाधिक ५ पटकको च्याम्पियन भारतको सामना गर्नेछ । समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।

सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे । सेमिफाइनल कुन टिमले त्यो अपराजित यात्रा कायम राख्ला त्यो भने हेर्नलायक हुनेछ ।

नेपाल, भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार