विराटनगर । विराटनगरमा आजदेखि सुरु भएको नरेश श्रेष्ठ स्मृति वाइवाई अन्डर १९ पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोशी प्रदेशलाई पराजित भएको छ ।
उद्घाटन खेलमा मधेश प्रदेश २२ रनले विजयी भएको हो । टस जिेतर पहिलो ब्याटिङ रोजेको मधेशले ४६.४ ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो ।
जबाफी ब्याटिङमा उत्रिएको कोशी भने ४३ ओभरमा अलआउट हुँदै १ सय ६३ रनमा सिमित भयो । आजको खेलको प्लेयर अफ द म्याच कोशीका विपिन महतो घोषित भए ।