Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लिग २ प्रतियोगिता : क्यानडाको सामना गर्दै नेपाल



काठमाडौं । विश्वकप लिग २ अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडाको सामना गर्दै छ । लगातार दुई खेल हारेको नेपाल र क्यानडाबीचको खेल खेल नेपाली समयअनुसार राति पौने ९ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।

दवाबमा रहेको नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थिाये । यस्तै दोश्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो ।

लय गुमाएको नेपालले पहिलो खेलको पराजयको बदला लिनु पर्ने दवाबमा आज क्यानडासँग दोश्रो खेल्ने छ । ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ । क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार