Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गुरुङ दोषी भए जेल जान्छन : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङ दोषी देखिए कारबाही हुने बताएका छन् । गुरुङमाथि छानबिन सुरु भइसकेको भन्दै उनले यस्तो बताए ।

कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ दल भन्नेहरुले जस्तो आफूहरुले छानबिन गर्न हुँदैन नभन्ने बताए ।

उनले छानबिन सुरु भएको जानकारी दिदै प्रकृया अवरुद्ध गर्न कांग्रेस नलाग्ने बताए । सीआईबीले छानबिन गरिरहेको भन्दै दोषी भए जेल जाने प्रतिक्रिया दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार