Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओमानसँग नेपाल पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगिताको गएराति भएको खेलमा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ ।

नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा ९ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि गुल्सन झाले उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै ५ विकेट लिएपनि जीन सम्भव हुन सकेन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार