Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

डिजेल र पेट्रोलमा मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य



विराटनगर । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरी घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोजन गरेको हो ।

नयाँ पेट्रोलमा प्रतिलिटर ४ र डिजेल मट्टितेलमा ५ रुपैयाँले घटाइएको हो । जसअनुसार नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १५६।५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ ।

त्यस्तै, डिजेल÷मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १४६.५०, दोस्रोमा १४८ र तेस्रोमा १४९ रुपैयाँ भएको निगमले जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् भने दोस्रोमा सुर्खेत र दाङ पर्दछन् । त्यस्तै, काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।

घटेको मूल्य आजै रातिदेखि लागू हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार