काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकार गर्नुभएको छ । तर यो विषयमा आफ्नो संलग्नता भएको नरहेको उहाँको दाबी छ ।
धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएकै कुरा भएको उल्लेख गर्नुभयो ।
आफू गोर्खा मिडियामा भएकै कारण अरुले गरेको बद्मासीको जिम्मेवारी भने आफूले नलिने उहाँको भनाइ छ । बदमासी गर्नेलाई प्रहरीको अनुसन्धानले पनि देखाएको भन्दै त्यसबाट आफुले लाभ नलिएको उल्लेख गर्नुभयो ।
सभापति लामिछानेले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिने विश्वास व्यक्त गर्नुभयो ।