काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले स्थानीय तहमा पठाएको छात्रवृत्ति सम्बन्धित् विद्यार्थीले पाए/नपाएको संघीय सरकारले अनुगमन गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि स्थानीय तहमा अनुदान रकम पठाएको जनकारी गराउनुहुँदै सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए-नपाएको अब सरकारले अनुगमन गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् :
विद्यार्थीलाई छात्रवृत्तिको लागि !!
सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको छ । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्ने छ ।सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ ।
