Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अञ्जिलीले पनि युरोपिन लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि युरोपियन क्लबमा अनुबन्ध भएकी छिन् । अब अञ्जलीले पनि युरोपिन लिग खेल्ने भएकी हुन् ।

एन्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले २०२४ २५ को सिजनका लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

एक दशकभन्दा बढी समय एपीएफबाट घरेलु फुटबल खेलेकी एन्जिलाले यसअघि भारत र पाकिस्तानका क्लबबाट फुटबल खेलेको अनुभव छ । युरोपियन लिग भने पहिलो पटक खेल्न लागेकी हुन् । पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकोले खुशी लागेको एन्जिलाले बताइन् । एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् । सावित्रा भण्डारीले इजरायली क्लबबाट युरोपियन फुटबलमा इन्ट्री मारेकी थिइन् भने हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार