Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महेश रेग्मी पोलिटब्युरो सदस्यमा निर्वाचित, वसिमलाई सय मत



विराटनगर । नेकपा एकीकृत समाजवादी (एस)को पोलिटब्युरो कमिटीको निर्वाचन परिणाम सार्वजनिक भएको छ । उपमहासचिव पदमा पराजित हुनु भएका विराटनगरका महेश रेग्मी पोलिटब्युरो सदस्यमा निर्वाचित हुनु भयो । उहाँ १ सय २२ मत प्राप्त गरी पोलिटब्युरो सदस्यमा निर्वाचित हुनु भएको हो ।

आज बिहीबार सार्वजनिक भएको पोलिटब्युरो सदस्यको परिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गर्नुभएको छ । त्यसपछि जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत प्राप्त गर्नुभएको छ ।

महिला उपाध्यक्ष पदमा पराजित रामकुमारी झाँक्रीले १८२ प्राप्त गरी विजयी हुनु भएको छ । झाँक्रीलाई भोजपुरकी जयन्ती राईले महिला उपाध्यक्ष पदमा पराजित गर्नुभएको हो । यता मोरङबाट राजनीति गरिरहनु भएका वसिम आलम भने पोलिटब्युरो सदस्यमा पराजित हुनु भएको छ । आलमले १०० मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार