CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च उतारचढावका बिच सामान्य अंकले बढेको छ ।
दिउँसो १२ः ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि फेरी अन्त्यमा आउँदा ३ हजार तल मै रोकिएको छ । हिजोको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो ।
कारोबार रकम पनि हिजोको तुलनामा सामान्य वृद्धि भएको छ । हिजो १८ अर्ब ९० करोडको कारोबार भएकोमा आज बिहीबार १९ अर्ब १६ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो ।
विकास बैंक समूहको सूचक ४।५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे ।
ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे । ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।