Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं । दुई दिनको सार्वजनिक बिदापछिबुधबार कारोबार भएको सेयर बजारमा सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा पुगेको हो ।

गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट भएर २९६६.३३ को बिन्दुमा बन्द भएको थियो । बुधबार नेप्सेमा लघुवित्त, बीमा, हाइड्रोपावर, होटल तथा पर्यटन लगायतका धेरै उपसूचक गिराट भएपनि वित्त कम्पनीसँगै बैंकिङ उपसूचक समेत वृद्धि हुँदा नेप्सेमा सामान्य मात्राम वृद्धि भएको हो ।

नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । गत सातको बिहीबार २९ अर्ब ९५ करोड र गत आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको सेयर बजारमा बुधबार भने कारोबार १९ अर्ब पनि पुगेन ।

बुधबार नेप्सेमा २ लाख १४ हजार ३१९ वटा कारोबारमा ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६४ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोल्ती पावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार