Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बंगलादेशको जीतमा नेपाल सेमिफाइनल प्रवेश



काठमाडौं । बंगलादेशले श्रीलंकालाई हराउँदा नेपाल घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आज भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकाल्दा नेपाल दोश्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा जित हात पारेको बंगलादेशपनि नेपालसँगै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । नेपाल र बंगलादेशले समूह ‘ए’बाट सेमिफाइनलमा पुग्न सफल हुँदा श्रीलंकाको यात्रा भने टुंगिएको छ ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को जित हात पार्दै तीन अंक जोडेको थियो । अब बिहीबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिमको सहभागिता छ । प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । बुधबार भुटान र माल्दिभ्स्बीच खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार