Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले घर घरमा पुग्ने योजना अनुसार अघि बढ्यो : शेरधन राई



विराटनगर । नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले मिसन ८४ लाई केन्द्रीत भएर पार्टी गतिविधि सुरु गरिने बताउनुभएको छ ।

नेकपा एमालेको कोशी प्रदेश इन्चार्ज भएपछि पहिलो पटक विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राईले नेकपा एमाले घर घरमा पुग्ने गरी योजना बनाएर अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो “एमाले पालिका हुँदै वडा, टोल र घरघरमा पुग्ने योजनाका साथ लागेको छ ।”  कोशी प्रदेश कमिटीको शनिबार सम्पन्न चौथो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै नेता राईले पार्टी शुद्धीकरण र सुदृढिकरणका साथ अघि बढेको बताउँदै अब कोशी प्रदेशमा एमाले दुई तिहाइ पुग्ने गरी काम गर्ने दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पार्टीलाई गतिशिल बनाउन कार्ययोजना कमिटीले पास गरेको जानकारी दिनुभयो ।

अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पनि कार्तिक मसान्तभित्र सक्ने गरी निर्देशन दिएको भन्दै उहाँले अब सदस्यता र अरु सबै काम सकेर अधिवेशनका लागि तयार भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार