काठमाडौं । सेयर बजार कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । ३ हजार विन्दुबाट ओरालो लागेको लाग्दै अघिल्लो कारोबारको दिनको तुलनामा ३४.४७ अंक घटेर २९६६ मा रहेर बन्द भयो ।
दिनभर बजारमा तीव्र उतारचढाव देखियो । ११ ः५८ बजे ३०४८ अंकसम्म पुगेको बजार २ ः ४२ बजे २९४७ अंकसम्म झरेको थियो । बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ । दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । अघिल्लो कारोबारको दिन बिहीबार हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।
४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो । बजार घट्दा पनि राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स फाइनान्सको ६.९, उन्नति सहकार्यको ६.६, कर्णाली विकास बैंकको ५.२, नागरिक लगानी कोषको ४.७, बुटवल पावरको ४.६ प्रतिशत मूल्य बढ्यो ।
नेपाल फाइनान्सको मूल्य १० प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनीको ८.५, न्यादी हाइड्रोको ८.४, शुभम पावरको ७.७, मातृभूमि लघुवित्तको ७.५ प्रतिशत मूल्य घट्यो ।