Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पुर्‍याउनुपर्छ: महासचिव पोखरेल



काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताएका छन् ।

पूर्वाधार विकास र आर्थिक विकासले मात्र जनता सन्तुष्ट हुन नसक्ने बताउँदै महासचिव पोखरेलले जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे ।

आज नेकपा (एमाले) सामाजिक सेवा विभागको दशौं बैठकमा निर्देशनात्मक मन्तव्यमा   महासचिव पोखरेलले आर्थिक विकासबाट मात्र मानिस सन्तुष्ट हुनसकेन भन्ने कुराको दृष्टान्त बङ्गलादेशको घटना भएको बताए ।

महासचिव पोखरेलले भने– समाजमा के मुद्दाले असर गरिरहेको छ भन्ने बुझ्नुपर्ने रहेछ ।

‘बङ्गलादेश दक्षिण एसियामै नमूना आर्थिक विकास भइरहेको देश हो तर त्यहाँ आरक्षणको मुद्दालाई समयमै जनभावना बमोजिम सम्बोधन हुन नसक्दाको परिणाम बङ्गलादेश अहिले अस्थिरता र अन्योलको अवस्थामा पुगेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले बङ्गलादेश घटनाको कारक आरक्षणको मुद्दामात्र पनि होइन भन्ने कुरा बिस्तारै सतहमा आउन थालेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार