Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा कृषि संवाद



विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा कृषि संवाद सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजना र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) को सहकार्यमा कृषि फाइनान्स, कृषि कर र कृषि बीमाबारे संवाद सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि क्षेत्रलाई अघि बढाउने उपायको खोजी गर्दै यसको विद्यमान अवस्था र सवालहरुका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलले प्रदेशको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न महासघं निरन्तर लागिरहेको बताए ।

महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले मुलुकको अर्थतन्त्रको विकास कृषि क्षेत्रबाटै हुने बताउँदै भारत र चीनसमेत कृषि क्षेत्रमा गरेको विकासकै आधारमा अर्थतन्त्रलाई अघि बढाएर शक्तिशाली अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरे ।

उनले प्रदेशका जिल्लाहरुमा नवप्रवद्र्धनात्मक कृषि क्षेत्रलाई अघि बढाउँदै मुल्य विविधिकरण गर्नुपर्ने बताए ।

डेरी डेभलपमेन्टका एण्ड रिसर्च सेन्टरका डम्बर कार्कीले बैंक वित्तीय संस्थाहरू नाफामुखी मात्र नभएर किसानको समस्यालाई बुझ्न नसकेको कुरा बताए । जिल्ला कृषि सहकारी मोरङका अध्यक्ष रविन्द्र आचार्यले कृषि बीमामा बिमा दाबी बापतको रकम कृषिकले समयमै पाउन नसकेको गुनासो गरे ।

कार्यक्रममा सहभागीहरुले कृषि बीमा तराईका जिल्ला केन्द्रीत भएको आरोप लगाउँदै बीमाले पहाड नदेखेको गुनासो गरेका थिए । अलैंचीमा बीमा नभएका कारण किसानहरु मर्कामा परेको उनीहरुको तर्क छ ।

सहभागीहरुले नेपालको कृषि क्षेत्रमा कुल बजेटको ३ प्रतिशतमात्रै विनियोजन हुने गरेको भन्दै त्यसलाई कम्तिमा १३ प्रतिशत पु¥याउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार