Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपाको रतुवामाई नगर समिति गठन



विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रतुवामाई नगर समिति गठन भएको छ ।

शनिबार मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ भौडाहस्थित नगर पार्टी कार्यालयमा भएको भेलाले नगर समिति चयन गरेको हो ।

भेलाले अनिश अधिकारीलाई सभापति चयन गरेको छ । उपसभापतिमा अग्नि घिमिरे र सचिवमा रमेश सिंह चयन भएका छन् ।

कोषाध्यक्षमा सन्तोष चौलागाईं चयन भएका छन् । यस्तै नगर समितिको सदस्यहरुमा जीवन पराजुली, नरहरि भेटवाल, राजेन्द्र न्यौपाने, भवानी मिश्र, राजेन्द्र लुइँटेल, राम बराल, भोला न्यौपाने, नितेश बस्नेत र मिनकुमार श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार