Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपचार खर्चवापत कर्णाली सहकारीले दाम्राभिट्टाकी रिजाललाई दियो एक लाख ९५ हजार



विराटनगर : कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दाम्राभिट्टा सेवा केन्द्रले रुपादेवी रिजाललाई स्वास्थ्य बिमावापतको रकम प्रदान गरेको छ । सहकारीले उपचार खर्चवापत एक लाख ९५ हजार ९ सय रुपैयाँ प्रदान गरेको हो ।

रतुवामाई नगरपालिका वडा नम्बर ८ की रिजाललाई मंगलबार विशेष उपचार कोषमार्फत सो रकम प्रदान गरिएको हो ।

कर्णालीले आफ्ना सेयर सदस्य गम्भीर वा सामान्य बिरामी भई उपचार गर्नुपरे त्यसबापत १० लाखसम्म रकम प्रदान गर्दै आएको छ ।

सहकारीले विभिन्न स्थानमा रहेका ४२ वटा सेवाकेन्द्र मार्फत आफ्ना सेयर सदस्यहरुलाई बित्तिय सेवाका साथै उपचार खर्च र मृत्यु राहत उपलब्ध गराउँदै आएको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दाम्राभिट्टा सेवा केन्द्रका प्रमुख विवेक खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार