विराटनगर : मोरङ–सुनसरी करिडोरका तीन स्थानीय तहमा उद्योगी व्यवसायीहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र काठमाडौंस्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणको क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको हो ।
बिराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा छुट्टाछुट्टै अन्तरक्रिया आयोजना गरिएको महासंघले जनाएको छ ।
अन्तरक्रियामा विराटनगरका मेयर नागेश कोइरालाले उद्योग व्यवसायले सामाजिक उत्तरदायीत्व निर्वाह नगर्दा वातावरण संरक्षण मात्र नभई शहरी सेवा व्यवस्थापनमा समेत समस्या भोग्नु परेको गुनासो गरे ।
स्थानीय उद्योगी व्यवसायीले भने महानगरपालिकाले सहकार्यमा अग्रसरता देखाउन, समान्य बिरोधकै भरमा महत्वपुर्ण निर्णयबाट पछि नहट्न, सानातथा घरेलु उद्योग प्रवद्र्धनमा थप लगानी गर्न आग्रह गरेका थिए ।
तीन वटै स्थानीय तहमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो अन्तरक्रिया स्थानीय तहले नियमीत रुपमा आयोजन गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।