Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुमन कार्कीको डेब्यू म्युजिक भिडियो ‘मायाको पोको’ सार्वजनिक



विराटनगर : पछिल्लो समयका चर्चित हास्य कलाकार सुमन कार्कीको डेब्यू म्युजिक भिडियो मायाको पोको सार्वजनिक भएको छ ।

कार्कीले अभिनय गरेको पहिलो गीत मायाको पोकोको म्युजिक भिडियो मङ्गलवार सार्वजनिक भएको हो ।

भिडियोमा सुमनलाई कुसुम शर्माले साथ दिएकी छिन् ।

गायक सजल न्यौपानेको स्वरमा रहेको यो गीतमा सक्रिय श्रेष्ठको शब्द रहेको छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियो सक्रिय क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार