विराटनगर : पछिल्लो समयका चर्चित हास्य कलाकार सुमन कार्कीले म्युजिक भिडियोमा डेब्यू गर्ने भएका छन् । हास्यव्यंग क्षेत्रमा उनी अहिले सर्वाधिक रुचीका कलाकार हुन् ।
कार्कीले अभिनय गरेको पहिलो गीत मायाको पोकोको म्युजिक भिडियो सार्वजनिकको तयारीमा छ ।
गायक सजल न्यौपानेको स्वरमा रहेको यो गीतमा सक्रिय श्रेष्ठको शब्द रहेको छ ।
भिडियोमा कार्कीलाई कुसुम शर्माले साथ दिएकी छिन् ।
गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सुमन कार्कीले केही चलचित्रमा पनि अभिनय गरेका छन् ।