विराटनगर : नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा रामकुमार खत्री निर्वाचित भएका छन् ।
खत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसअघि क्षेत्रीय सभापति रहेका रामकुमार राईलाई पार्टीले कारबाही गरेपछि उक्त पद रिक्त थियो । गत मंसिरमा सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेपछि कांग्रेसले राईलाई कारबाही गरेको थियो ।
२०५१ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेको खत्री पछिल्लो समय कांग्रेस उदयपुरका लोकप्रिय युवा नेता हुन् । उनीे कोशी प्रदेशसभा सदस्यसमेत हुन् । कोशी प्रदेशमा उद्धव थापा मुख्यमन्त्री हुँदा उनी केही समय मन्त्रीसमेत बनेका थिए ।